सत्रौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कावासोती प्रथम

सन्जय भट्टराई
प्रकाशित : २०८१ माघ २१ गते २१:३३
सत्रौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कावासोती प्रथम

कावासोती । कावासोती-१ मा रहेको जनकल्याण माध्यमिक विद्यालय रिट्ठेपानीमा आयोजना गरिएको सत्रौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कावासोती नगरपालिका प्रथम भएको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा १८ स्वर्ण, १० रजत र १२ कास्य पदक सहित कावासोती सत्रौँ संस्करणको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा प्रथम भएको हो ।

त्यसै गरि प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र ११ कास्य सहित गैँडाकोट दोस्रो र ९ स्वर्ण, १७ रजत र १५ कास्य सहित मध्यविन्दु नगरपालिकाले तेस्रो स्थान हासिल गरेका हुन ।

प्रतियोगिताको एथलेटिक्स विधामा १२ स्वर्ण सहित कावासोतीको उत्कृष्ट प्रदर्शन रहयो । एथलेटिक्समै मध्यविन्दुले ६ स्वर्ण हात पार्दा बौदीकालीले ३ संवरण पदक जित्न सफल भयो । एथलेटिक्समा कावासोतीका प्रदिप महतो एक्लैले ३ स्वर्ण र मध्यविन्दुकी आकृती चौधरीले २ स्वर्ण र १ रजत सहित सर्वोत्कृष्ट खेलाडी बनेका हुन ।

त्यसै गरि भलिबलमा छात्र तर्फ देवचुलीका मोहन मगर र छात्रा तर्फ गैँडाकोटकी चनीमाया सिंजाली मगरले सर्वोत्कृष्ट खेलाडीको उपाधी हातपारे । कबड्डिमा छात्र र छात्रा तर्फ विनयी त्रिवेणीका क्रमश: विष्णु केवट र भुमिका राना सर्वोत्कृष्ट खेलाडीको उपाधी हात पारेका हुन ।

अठारौँ संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड नारायणी गण्डकी मावि त्रिवेणीमा हुने छ ।

प्रकाशित : २०८१ माघ २१ गते २१:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI