नवलपरासी । व्यापारिक पृष्ठभुमिका दुई कांग्रेस नेताले पार्टी छोडेको घोषणा गरेका छन ।
उद्योग वाणिज्य संघ परासीका पूर्व अध्यक्ष बिरेन्द्रअग्रहरी र उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठले कांग्रेस छोडेको घोषणा गरेका हुन । दुबै जना उवासंघ केन्द्रिय सदस्य रहिसकेका ब्यक्ति हुन ।
बिहिवार रास्वपा सभापति रबिलामिछानेसंग भेटघाट गरेर उनिहरु पार्टी प्रबेश गरेको जानकारी दिए । अग्रहरी नेपाली कांग्रेस नवलपरासी पश्चिमका निर्वाचित जिल्ला कार्यसमिति सदस्य समेत हुन । पछिल्लो समय कांग्रेस एमाले र माओवादीका जिल्ला तहका नेताहरु रास्वपा प्रबेश गर्ने लहर नै चलेको छ ।
Facebook Comment