बहुप्रतिक्षीत तर मौन प्रधानमन्त्री बालेन

बहुप्रतिक्षीत तर मौन प्रधानमन्त्री बालेन

छोटो राजनीतिक यात्रामै देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्न् पुगेका बालेन शाह,बालेनको सपथ हिन्दु परम्परा बमोजिम २०८२ साल चैत्र १३ रामनवमीको दिन भयो । राजनैतिक यात्रामा लागेका कैयन प्रतिभावान् र सँम्भावना बोकेका व्यक्तिहरु यस्तो अवसरवाट वन्चीत नै छन् । विरलै राजनीिितक यात्राको यात्री नै बन्न् पुगेका छन् बालेन । राजधानी शहरको मेयर पदमा निर्वाचित हुँदा देखि नै सामान्य आँकलनलाई नै निस्तेज पार्दाै उनी मेयर पदमा निर्वाचित भए आफ्नो कार्यकाल पुरा नगर्दै बालेन गजबको बहुमत सरकारको कार्यकारीको नेतृत्व गर्न पुगे । हुन त भाद्र २३ र २४को जेन– जी आन्दोलन र विद्रोहले तत्कालिन काँग्रेस र एमालेको गठबन्धनको के.पि शर्मा ओली नेतृत्वको बलियो सरकारलाई विघटन गराएपछि बालेनलाई अन्तरिम प्रधानमन्त्रीको प्रस्तावलाई नआएको पनि होईन । त्यसलाई उनले अस्विकार गरेका थिए ।

राजनीतिक तरङ्घलाई यो उचाई सम्म लैजानको लागी बालेन र रास्वापाको मिलनलाई लिन सकिन्छ। रवी र बालेनको फूयजनले दुई पलस दुई बराबर पाचँ नै भएको हो । पुराना दलहरुको सत्ताले देशमा सुशासान दिन सकेन र सरकार पूर्णरुपमा असक्षम भयो भन्ने भाष्य नै निर्माण भयो । चुनाव रास्वापाका पोल्टामा आयो। पुराना दलको नेतृत्वको अर्कमण्यता र हठ र युवाहरुको सपना कुनै मेल खाने कुरा थिएन र रास्वपाको वेगले अरु दललाई बगाईदियो ।

गजबको सँयोग के छ भने २०७९ सालमा जन्मेको पार्टी रास्वपा र राजनीतिको उहि समय स्वतन्त्र रुपमा मेयरमा निर्वाचीत भएका बालेन पराना पार्टीको जन्म हदाँ नेजन्मीएका पात्र नै अहिलेको राजनीतिको केन्द विन्दमा पगेका छन् ।जब बालेन रास्वपा ईन्ट्र्री गरे त्यो दुवै पक्षलाई विन विन अवस्थाको सृजना भयो । बालेन क्रेजी समाज र सँगठन निर्माण गरेको रास्वापा दुवैको मेलले उनीहरुले जित्ने अनुमान गरेको तथ्याँक भन्दा परिणाम उत्साहजनक आयो । बालेनलाई भावी प्रधानमन्त्री नै घोषण गरेर चनावी मनोविज्ञानलाई उधिनेर नै सकरात्मक परिणाम ल्याउन रास्वपा सफल भयो । बालेनको राजनीतिक यात्रा अच्चमैको छ । यथार्थमा भन्नु पर्दा उनी जोखिम लिने सक्ने राजनीतिक व्यक्ती हुन । वर्तमान राजनीिितका सबै भन्दा काविल र चतुर मानिने पूर्व प्रधानमन्त्री र उनकै गृह क्षेत्रमै उनीलाई भारी मतान्तर सहित पराजीत गरेरै निर्वाचीत भए र प्रधानमन्त्रीको लागी आफुलाईअझै सान्दीर्भक नै बनाए ।

बालेनको प्रधानमन्त्रीको सपथ पनि चर्चाकै विषय बन्यो प्रजातन्त्रको प्राप्ती पछि वा ०४६साल पछिका कै कुनै प्रधानमन्त्रीको सपथ भन्दा फरक, नेपाली सनातनी परम्पराको आर्गेनिक नै थियो । प्रधानमन्त्रीकै सपथ भएकै दिन लगभग सबै मन्त्रीहरुको पनि सपथ पनि भयो । मन्त्रीमण्डलमा महिला मन्त्रीको सहभागीता पनि सविँधान बमोजिम नै भएको छ ।मन्त्रीहरु पनि युवा नै छन् ।मन्त्रीहरुले सरकारको कार्य सम्पादनको वेग र सिद्धान्तको आलोकमा चल्न सकेनन् भने पार्टीले तत्काल फिर्ता पनि बोलाउन सक्छ भन्ने प्रावधान राखे बमोजिम नै केहि मन्त्रीहरु सरकारबाट फिर्ता पनि भैसकेको पृष्ठभमी पनि छ ।यस मानेमा मन्त्रीहरु पनि आफ्नो कार्यसम्पादन र उत्तरदायित्वमा खरो नै हुन पर्ने बाध्यता देखिन्छ ।

चुनावताका बालेन जहाँ पुग्छन् त्यहाँ हजारौँ मानिस जम्मा हुन्थे केहि शभा मा बाहेक धेरै ठाउँमा उनी हात हल्लाउने,घण्टी बजाउने,मुसक्क हाँस्ने यति भएपछि पुग्ने। यसमा पनि जनता खुशी नै थिए र चित्त बुझाएका थिए । चुनावको नतिजाले पनि त्यो कुरा स्पष्ट र प्रमाणीत गर्यो ।बालेन चुनावी प्रचार शभामा मुस्कीलले ६० मिनेट पनि बोलेनन् होला ।उनको शैली थियो त्यो । वोल्दा कसैलाई गाली गलोज गरेनन् बरु काम गर्नको लागी मत मागे ।चुनावको नतिजाले उनी लगभग दुईत्याहीको शक्तिशाली प्रधानमन्त्री भए ।सँसदको हिउदँ अधिवेशनमा सबै राष्ट्रीय दल बनेका पाटीैको तर्फबाट सँसदलाई सम्बोधन गरे र आमनिवार्चनमा सहभागीताको लागी आम नेपाली जनतालाई धन्यवाद ज्ञापन पनि गरे । जनताको अभूतपर्व समर्थन पाएर लगभग दुईत्याहीको शक्तिशाली प्रधानमन्त्री बनेका बालेनले जनतालाई आफ्रनै पाराको औपचारिक धन्यवाद ज्ञापन पनि गरेनन् ।प्रधानमन्त्री बालेन ले हिउदेँ अधिवेशनमा आफ्रनो केहि सम्वोधन नगरी सँसदको छोटो हिँउदे अधिवेशन अन्त्य गरियो भयो ।

वैशाख २८ गते सोमवार देखी शुरु भएको सँसदको वर्षे अधिवेशन जसलाई बजेट अधिवेशन पनि भनिन्छ। सरकारको नीति तथा कार्यक्रमको घोषणा सँगै उक्त नीति तथा कार्यक्रमलाई बजेट विनियोजन गर्ने अधिवेशनलाई लिईन्छ ।राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सँघिय सँसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम माथि बहस गर्न र उक्त नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिन स्वयँ प्रधानमन्त्री वालेन्द्र शाह सँसदमा उपस्थिीत हुन सकेनन् । विपक्ष दलहरुको सँसदमा प्रधानमन्त्रीको उपस्थिीतिको माग समेत सत्तापक्षले टेरेनन र प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णीम वाग्लेले दुवै सँदनमा आपm्रनो भनाई प्रस्तुत गरे । नत हिउँदे अधिवेशनमा सँसदमा प्रधानमन्त्रीको बोली सुनियो नत वर्षे वा बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममा माथि उठेका प्रश्नहरुको जवाफ दिन, उनी उपस्थिीत हुन सके । हाम्रो राजनीतिक शासकिय प्रणाली प्रधानमन्त्रीय प्रणाली हो र यसले सँसदलाई आफ्नो मुटु मान्दछ । प्रधानमन्त्री भैसकेपछि प्रधानमन्त्री सँसदप्रति उत्तरदायी मात्रै होइन नैतिक रुपमा जवाफदेही हुनै पर्दछ । विगतमा प्रधानमन्त्री सामान्य सार्वजनीक कार्यक्रमहरुमा उपस्थिीत हुने रिबन काट्ने ,उद्घाटन गर्ने परम्परा शोभनिय थिएन नै ,यसलाई ब्रेक गर्नै पर्ने त थियो तर सँसद त्यो ठाउँ होइन जहाँ प्रधानमन्त्रीको बोली बन्द होस् । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक मात्र थलोमा प्रधानमन्त्री बालेन आफुलाई प्रस्तुत गर्न किन सकेनन् यो अहँ प्रश्न छँदै छ अर्काे तर्फ वालेन बोल्नै नसक्ने त होइनन् बोल्न सक्दा सक्दै पनि नबोल्दा प्रधानमन्त्रीमा अटेरी वा घमण्डीपना पो सृजना भो भन्ने डर हो । प्रधानमन्त्रीलाई आफैमा निरकुँश बन्ने स्वतन्त्रता होला तर लोकातान्त्रीक पद्दत्तीमा सँसद प्रति यो चाला भने ठिक होईन् ।

प्रधानमन्त्रीलाई लाग्दो हो Actions Speaks louder than words तर सवैठाउँमा त्यो लागू हूदैन ।उनले डेलिभरी लाई प्राथमिकतमा राखेका होलान तर यसो भन्दैमा जवाफदेही हुनु पर्दैन भन्ने लोकतन्त्रमा कहि कतै उल्लेख छैन । शक्तिशाली सरकारको प्रधानमन्त्री अझै बहुप्रतिक्षीत प्रधानमन्त्री हुनुको नाताले देशमा सरकार अभिभावक भएको आभाष दिलाउन सफल हनु तर मौन भने नहुनु । शुभकामना ।।।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology