च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाईनलमा भारत र अष्ट्रेलिया खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन २० गते ११:५४
च्याम्पियन्स ट्रफी :  पहिलो सेमिफाईनलमा भारत र अष्ट्रेलिया खेल्दै

कावासोती । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो सेमिफाइनलमा आज साविक उपविजेता समेत रहेको भारतलाई अस्ट्रेलियाले चुनौती प्रस्तुत गर्दै छ । प्रतियोगितामा भारत र अस्ट्रेलिया दुवै टिम अपराजित छन् ।

समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको भारतले तीनमध्ये तीनै खेलमा जित निकालेको थियो । समूह ‘बी’को उपविजेता बन्दै अन्तिम–४ यात्रा तय गरेको अस्ट्रेलियाले भने तीनमध्ये एक खेलमा मात्र जित निकालेको थियो । समूह चरणमा अस्ट्रेलियाका अरू दुई खेल वर्षाका कारण रद्द भएको थियो ।

सन् २०११ मा सम्पन्न एकदिवसीय विश्वकपको क्वार्टरफाइनलयता यी दुई टिमले आईसीसीका अन्तर्राष्ट्रिय प्रतियोगितामा चारपटक प्रतिस्पर्धा गरेका छन् । र, दुवै टिम समान दुईपटक विजयी भएका छन् ।

भारतले सन् २०१९ र २०२३ को राउन्ड रोबिन खेलमा अस्ट्रेलियाविरुद्ध जित निकालेको थियो । अस्ट्रेलियाले २०१५ को विश्वकप सेमिफाइनल र २०२३ को विश्वकप फाइनलमा भारतलाई निराश बनाएको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : २०८१ फागुन २० गते ११:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI