कावासोती । नवलपुरमा ट्रयाक्टर पल्टिदा एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं १५ सिमराको भित्री सडक खण्डमा गिरुबारी खोला तर्ने क्रममा ना ७ त २९६७ नंको ट्रयाक्टर खोलामा पल्टिएको हो । खोलामा ट्र्याक्टर पल्टिदा सोही ट्रयाक्टरमा सवार ३६ वर्षीय यमकुमारी थनेत थारुको ट्रयाक्टरले च्यापिएर घटना स्थलमा ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक महिला सहित ट्रयाक्टरमा ४ जना सवार थिए । ट्रयाक्टरमा सवार अरु व्यक्तिहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर मृतकका श्रीमान दोरन थारुले चलाएका थिए । उनलाई प्रहरी नियन्त्रणमा राखिएको र मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ असार ३ गते ११:४३
Facebook Comment