कालिका संस्कृत विद्यापीठको स्ववियु सर्वसम्मत , सभापति सहित नेविसंघको बहुमत

NAWALPUR TIMES
प्रकाशित : २०८१ चैत ४ गते १८:१५
कालिका संस्कृत विद्यापीठको स्ववियु सर्वसम्मत , सभापति सहित नेविसंघको बहुमत

कावासोती । गैँडाकोटमा रहेको नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्म्त रुपमा चयन भएको छ ।

विद्यापीठका स्ववियु निर्वाचन संयोजक कपिलदेव भट्टराईका अनुसार नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थी बिच सहमति भए अनुसार एउटा मात्रै प्यानलको मनोनयन परे पछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

९ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघका अध्यक्ष र कोषाध्यक्ष सहित ६ जना र अनेरास्ववियुले सचीव सहित ३ जनाले मनोनयन गरेका थिए ।

नेविसंघबाट अध्यक्षमा अनुप भण्डारी, कोषाध्यक्षमा लक्ष्मणप्रसाद सापकोटा, सदस्यहरुमा कृष्ण पौडेल र तुलसा पौडेल तथा अनेरास्ववियुबाट सचिबमा कमल सापकोटा र सदस्यहरुमा सागर भुसाल र सुजन ढुङ्गेल निर्विरोध निर्वाचित भएका निर्वाचन संयोजक भट्टराईले जानकारी दिए ।

प्रकाशित : २०८१ चैत ४ गते १८:१५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI