एसईईका लागि नवलपुरमा तयारी पूरा, २८ परीक्षा केन्द्र निर्धारण

घनश्याम बगाले
प्रकाशित : २०८१ चैत १ गते ६:५६
एसईईका लागि नवलपुरमा तयारी पूरा, २८ परीक्षा केन्द्र निर्धारण
see exam SWxkkuvOp8

कावासोती । यही चैत ७ बाट सुरू हुने  एसईई परीक्षा २०८१ काे  सम्पूर्ण तयारी पूरा भएकाे शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरले जनाएकाे छ ।

परीक्षाका लागि केन्द्र निर्धारण,सुरक्षा प्रबन्ध तथा सम्बन्धित केन्द्र सम्म उत्तर पुस्तिकाहरू पुराउने काम सकिएकाे इकाई प्रमुख दीपेन्द्र राज श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बिद्यार्थीहरूलाई पायक पर्ने हिसाबले आउदाे एसईईका लागि जिल्लामा २८ परीक्षा केन्द्र बनाईएकाे छ ।

जसमा पालिकागत रूपमा गैडाकाेटमा ४ देवचुलीमा ५ कावासाेतीमा ७ मध्यबिन्दुमा ५ बिनयी त्रिवेणीमा २ हुप्सेकाेटमा ३ बाैदिकालीमा १ र बुलिङ्गटार गाउँ पालिकामा १ परीक्षा केन्द्र निर्धारण गरिएकाे श्रेष्ठले जानकारी दिए ।

परीक्षा केन्द्र रहेका बिद्यालयहरूमा डेढगाउँ मावि डेडगाउँ, त्रिभुवन मावि बुलिङ्ग, कालिका सेकेन्डरी स्कुल,जनक मावि, नेपाल राष्ट्रिय शमशेर आदर्श  मावि गैडाकाेट र  लक्ष्मी सेकेन्डरी स्कुल अमरापुरी रहेका छन । यस्तै वरचुली सेकेन्डरी स्कुल फारम,देवचुली मावि रजहर,नेपाल मावि केउरेनी,जनज्योति मावि र जनज्योति नमुना मावि प्रगतिनगरलाई परीक्षा केन्द्र बनाईएकाे छ । यसरी नै अन्य परीक्षा केन्द्रमा शिव माध्यमिक विद्यालय , सहिदस्मृति मावि,ज्ञानाेदय मावि कावासाेती, जीवनज्याेति मावि कावासाेती ३,जनता मावि सहिद नगर,जनता मावि त्रिभुवनटार डण्डा र सरस्वती मावि गाेछडा रहेकाछन् । जनता मावि बेलुवा,सरस्वती संस्कृत तथा साधारण मावि गिरूवारी,हुप्सेकाेट मावि माैलाथर, नवलपुर सेकेन्डरी स्कुल,नवजागरण मावि चाेरमारा,जनता मावि मंगलचाैर तथा जनता सेकेन्डरी स्कुल अरूणखाेलालाई परीक्षा केन्द्र बनाईएकाे छ । त्यस्तै नारायणी गण्डकी सेकेन्डरी स्कूल त्रिवेणीधाम र भानुदय मावि दुम्किबासलाई एसईई परीक्षा केन्द्र ताेकिएकाे छ ।

यस वर्ष नवलपुरमा नियमित तर्फ ५ हजार ८ सय २६ तथा ग्रेड बृद्धिका ६ सय ५६ गरि कुल ६ हजार ४ सय ८२ बिद्यार्थी एसईई परीक्षामा सहभागी रहनेछन् । जसमा छात्रा संख्या ३ हजार २ सय ४७ र छात्रकाे संख्या पनि बराबरी जस्तै ३ हजार २ सय ३५ रहेकाे छ । जिल्लामा ८६ सामुदायिक, ४९ संस्थागत,५ गुरूकुल, प्राबिधिकधार तर्फ ८ र खुल्ला तर्फ १ विद्यार्थीले  एसईई दिनेछन् ।

एसईई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३ महिला सहित २८ प्रधानाध्यापकलाई केन्द्राध्यक्ष ताेकिएकाे छ ।
त्यसै गरि ४३ सहायक केन्द्राध्यक्ष, ३ सय २४ निरीक्षक,परीक्षा सहायक ६४ कार्यालय सहयाेगी १ सय २९ र सुरक्षाकर्मी ४ सय २० जना गरि कुल १ हजार ८ जनशक्ति एसईईका लागि परिचालित हुने भएकाछन् ।

विद्यार्थी संख्याका हिसाबमा यस पटककाे एसईई परीक्षामा भीमसेन आदर्श माविले जिल्लामै सर्वाधिक २ सय २८ र श्रीमद् रामानुज बेदबिद्याश्रम गैडाकाेटले ३ बिद्यार्थी सहभागी गराएकाे छ ।

परीक्षा केेन्द्रहरूमा सबै भन्दा धेरै परीक्षार्थी संख्या भानुदय मावि दुम्किबास रहेकाे छ, जसमा ४ सय ३३ बिद्यार्थी रहेकाछन् । त्यसै गरि हुप्सेकाेट मावि माैलाथर केन्द्रमा ४७ परीक्षार्थी रहेकाे शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय नवलपुरले जनाएकाे छ ।

राष्ट्रिय परीक्षा बाेर्डका अनुसार माध्यमिक शिक्षा परीक्षा २०८१ का लागि देशभर २ हजार ७९ केन्द्र ताेकिएकाे छ ।

प्रकाशित : २०८१ चैत १ गते ६:५६

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI