नमूना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७  रुख काटियो, भवन निर्माण सुरु गरिदैं  

NAWALPUR TIMES

नमूना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७  रुख काटियो, भवन निर्माण सुरु गरिदैं  
3 768x432

कावासोती । नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख काटिएका छन् । जिल्लाको कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ । विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका थिए । उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन । हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटानका लागि स्वीकृत प्रदान गरेको थियो । उक्त निर्णयसँगै पहिलो चरणमा निर्माण हुन लागेको भवन रहने स्थानमा पर्ने रुख काटिएको सहायक इञ्जिनियर तिवारीले बताए ।

नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका लागि छुट्याइएको एक सय ८४ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माणको योजना रहेको छ । सोअनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र थप दुई कार्यालयका लागि एकीकृत भवन निर्माण गर्नेगरी चौधरी कन्स्ट्रक्सन रौतहटसँग ठेक्का सम्झौता भएको सहायक इञ्जिनियर तिवारीले बताए । रुख हटाएसँगै केही दिनमा भवन निर्माणको काम सुरु हुने उनले बतए ।

सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित रु ५० करोड बजेटबाट पहिलो चरणमा भवन निर्माण थालेको छ । यस वर्ष थप रु ८० करोड विनियोजन भएको छ । यसबाट अन्य भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको सहायक इञ्जिनियर तिवारीले बताउनुभयो । नवलपुरको सदरमुकाम निर्माणका लागि यसै वर्ष थप रु चार अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएकाले क्रमशः अन्य भवन निर्माणका कामसमेत हुँदै जाने सहायक इञ्जिनियर तिवारीले बताए ।

शिलान्यास भएको करिब छ वर्षको अवधिमा बल्ल सदरमुकाम निर्माणको काम हुन लागेको हो । नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । यो लागत बढ्ने आयोजनाले बताएको छ ।

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भू–भाग कङ्क्रिटविहीन राखिनेछ । आयोजना निर्माण स्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ । रासस

Por lo general, no debe incluir esos intereses ganados en arreglos IRA en sus ingresos hasta que empiece a retirar los fondos de su arreglo IRA. The objective of this ESMO-led study is to provide health authorities with data on the availability of licensed anti-neoplastic medicines. Murder charge announced in death of fighters' stepdaughter. Wide tyres have loads of grip, and the car's inherent balanced weight distribution front-to-rear means that it is fun to drive enthusiastically. The Pulse focuses on stories at the heart of health, science and innovation in the Philadelphia region. Step 2: On the Easy Search utility Software, highlight the. Tumu: Kaiser is better in terms of sheer raw power damage. The Hornets finished the season with a 47—35 record but were defeated by the Philadelphia 76ers in the First Round of the playoffs. The Commanderie de Celles been a classification as historical monuments since 24 September. That is Adapter - the ultimate converter app for Mac and PC. At the top of the screen, check the Developer mode box. Procurement of thermal printing paper and labels for state management and management. Young then redeployed to the Philippines on a one-year assignment as commander of 3rd Squadron, 9th Cavalry. Get directions from and directions to Ceintuurbaan easily from the Moovit App or Website.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology