भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा खरेल नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष २९ गते १५:३०
भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा खरेल नियुक्त

कावासोती । भुमि समस्या समाधान आयोग नवलपुरको अध्यक्षमा तारापती खरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका छ्न ।

भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको पौष २९ को मन्त्री स्तरीय निर्णय अनुसार खरेल जिल्ला अध्यक्षको रुपमा नियुक्त भएका हुन ।

नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट सरकार बने पछि बनेको भुमि समस्या समाधान आयोगमा कांग्रेसको कोटाबाट खरेल अध्यक्षमा नियुक्त भएका हुन । नवलपुरको नेतृत्व कांग्रेसको भागमा परे पछि कांग्रेसले खरेललाई दोस्रो कार्यकालका लागी सिफारिस गरेको हो ।

खरेल यस अघि पनि आयोगको जिल्ला अध्यक्ष थिए । ४ सदस्यीय आयोगमा अब एमाले कोटा बाट २ सदस्य र कांग्रेस कोटा बाट १ जना सदस्य नियुक्त हुन बाकी रहेको छ ।

प्रकाशित : २०८१ पुष २९ गते १५:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI