चलचित्र दिलसरा नवलपुरमा, शनिबार कावासोतीमा प्रदर्शन हुने

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष १८ गते १३:१२
चलचित्र दिलसरा नवलपुरमा, शनिबार कावासोतीमा प्रदर्शन हुने
Messenger creation 47D7834D E0B0 4192 AB7D 9670DC5C66D2

शारदा झेडी मगर, कावासोती । देश  तथा  बिदेशका विभिन्न ठाउँहरुमा सर्वाधिक हेरिएको चलचित्र दिलसरा नवलपुरमा पनि प्रदर्शन हुने भएको छ । आगामी पौष  २० गते  शनिबार कावासोती स्थित पुन समाज हलमा प्रदर्शन गरिने भएको हो ।

नेपाल मगर संघ कावासोती नगर कमिटीको आयोजनामा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म  प्रदर्शन गरिने नगर कमिटी अध्यक्ष सुनमाया थापाले जानकारी दिनुभयो । सो समयमा  दर्शकको  भिड रहेको खण्डमा अझै समय थप हुन सक्ने समेत जनाइएको छ ।

मगर समुदायको साँस्कृतिक, सामाजिक  एव आर्थिक जस्ता बहुआयामिक पक्षलाई समेटेर निर्माण गरिएको फिल्ममा  समग्र नेपाली महिलाले भोग्नुपरेका संघर्सको कथालाई समेत समेटिएको र चलचित्र नेपाली भाषामै रहेकाले सबै जात जाति र भाषाभासीले हेर्न सकिने नेपाल मगर संघका केन्द्रिय सदस्य एवं  दिलसरा प्रभावशाली महिला नवलपुरका संयोजक इन्द्र  फाल मगरले जानकारी दिनुभयो ।

नारी कथामा आधारित चलचित्र दिलसरा सबै समुदाय र उमेर समुहकाले हेर्न लायक चलचित्र भएकाले अब नवलपुर जिल्लाका विभिन्न स्थानहरुमा समेत प्रदर्शन गरिने समेत संयोजक फालले जानकारी दिनुभयो । मेनोको फिल्मस् एन्ड मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको निर्देशन अशोक आले मगरले गर्नु भएको छ । कार्यकारी निर्मातामा मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा मगर र मिना थापा मगर रहनु भएको छ । चलचित्रको कथा जुना थापा मगर र पटकथा मिना थापा मगरले लेख्नु भएको हो भने  चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर,सुस्मिता पुन मगर,खड्ग बहादुर पुन ( खबपु) गुना थापा मगर, भिमसरा घर्ती मगर,टेक पुर्जा मगर,सुनमाया थापा मगर,ओम बिरकट्टा मगर, ओम श्रीस  मगर तथा स्थानीय कलाकारहरुको अभिनय रहेको जनाइएको छ ।

प्रकाशित : २०८१ पुष १८ गते १३:१२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI