गैंडाकोट जेसीजको अध्यक्षमा हरि पौडेल सर्वसम्मत

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर १५ गते २१:०२
गैंडाकोट जेसीजको अध्यक्षमा हरि पौडेल सर्वसम्मत

गैंडाकोट । गैंडाकोट जेसीजको १८ औं शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशले हरि पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको प्रमुख निर्वाचन आयुक्त रोजन घिमिरेले जानकारी दिए ।

वर्ष २०२५ को कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा अजय पौडेल र रमेश कोइराला,उपाध्यक्षमा आयुष पौडेल,युवराज काफ्ले,अन्जन गौतम र सुशील सापकोटा निर्वाचित हुनुभएको छ । कार्यसमितिको सह-सचिवमा कुशल सापकोटा र सह-कोषाध्यक्षमा उत्कर्श श्रेष्ठ निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त घिमिरेले जानकारी दिएका हुन ।

नवनिर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा क्षितिज आचार्य, महासचिवमा मदन सापकोटा,कोषाध्यक्षमा अनिल पौडेल,अध्यक्ष सल्लाहकारमा सुरज पौडेल र ईश्वर पौडेल तथा प्रकरण निर्देशकमा रामकृष्ण कोइराला,तालिम आयुक्त रोशन सापकोटालाई मनोनीत गरेका छ्न ।

अधिवेशन पुर्व सम्पन्न १९ औं साधारणसभामा महासचिव,कोषाध्यक्ष,कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्षले पेश गरेको आ-आफ्नो प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । साधारणसभामा प्रमुख अतिथि गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा,पुर्व अध्यक्ष कृष्णहरि सापकोटा,परमेश आचार्य,गोबिन्द कंडेल,गोकुल सापकोटा,भानुभक्त रिमाल,सुशील काफ्ले,दया सापकोटा,शंकर अधिकारी लगायतका अतिथिले मन्तव्य राखेका थिए  ।

गैंडाकोट जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण महासचिव ईश्वर पौडेलले गरेका थिए  ।

प्रकाशित : २०८१ मंसिर १५ गते २१:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI