काठमाडौबाट अर्घाखाँची हिडेको बस नवलपुरमा दुर्घटना, ४ जना घाइते

NAWALPUR TIMES

काठमाडौबाट अर्घाखाँची हिडेको बस नवलपुरमा दुर्घटना, ४ जना घाइते
IMG 20241124 WA0000

कावासोती । काठमाडौबाट अर्घाखाँची हिडेको बस नवलपुरमा दुर्घटना भएको छ । नवलपुरको विनयी त्रिवेणी गा.पा.वडा नं.१ होङसी गेट नजिकै दुर्घटना हुँदा ४ जना घाईते भएका छ्न ।

३४ जना यात्रु सवार रहेको लु २ख २१४१ नं.को यात्रुबाहक बसको चालकले नियन्त्रण गुमाउदा बस सडकको दायाँ तर्फ पल्टिएको हो ।

दुर्घटनामा अर्घखाँची मालारानी गाउँपालिका-४ का ६३ वर्षीय शोभाखर खनाल, गुल्मी मदने गाउँपालिका-८ का ६४ वर्षकी सरिता धिमिरे अर्घाखाँची संन्धीखर्क नगरपालिका-८ की ६६ वर्षीय सुनिता देवी भुसाल र अर्घाखाँची मालारानी गाउँपालिका-७ का ३१ वर्षीय बसन्त धिमिरे घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी जेसि शाहले जानकारी दिए ।

डिएसपी शाहका अनुसार घाईतेहरुको अवस्था चिन्ताजनक नरहेको र उनिहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भैरहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology