कावासोती । नवलपुरको डण्डामा भारी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागकाे डण्डा स्टेशनका अनुसार यहाँ पछिल्लो एक घण्टामा ८६.६ मिलिमिटर वर्षा भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १४७.४ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
वर्षाका कारण नारायणी नदीमा जलसतह बढ्ने भएकाले नदी तटिय क्षेत्रमा उच्च सचतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित : २०८१ भदौ ४ गते ७:३२
Facebook Comment