दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

NAWALPUR TIMES

दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध
IMG 20240818 WA00121

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डको दाउन्ने बजारमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

सडकमा ढुङ्गा र रुख सहित खसेको पहिरोको कारण सडक अवरुद्ध भएको हो । पहिरो सँगै खसेको रुख हटाएर सडकलाई एक तर्फी सन्चालनमा ल्याईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए । केही दिन पहिले सडक भासिएर मर्मत गरेको ठाउँमा माथीबाट पहिरो खसेको हो।

पौडेलका अनुसार अहिले जेसिबीको प्रयोग गरेर पहिरो पन्छाउने काम भैरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology