निमार्ण सकिएको २ वर्ष पछि सन्चालनमा आयो लवकुश झोलुङ्गे पुल

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन २९ गते ९:४१
निमार्ण सकिएको २ वर्ष पछि सन्चालनमा आयो लवकुश झोलुङ्गे पुल

कावासोती । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने लवकुश झोलुङ्गे पुल निर्माण सम्पन्न भएको २ वर्ष पछि सञ्चालनमा आएको छ ।

वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न को २ वर्ष पछि पुल सन्चालनमा आएको हो ।

रु पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो ।

वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको थियो । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । पुल निर्माण सकिएको २ वर्ष पछि पुल देखि चितवनको माडी नगरपालिका वडा नं १ मा पर्ने वाल्मीकि आश्रम जाने करीब ३ किलोमिटर लामो पद मार्ग निर्माण सम्पन्न भए पछि सोही पुल हुदैँ पद मार्गको प्रयोग गरेर सोमबार देखि वाल्मिकी आश्रम जान सुरु गरिएको छ ।

प्रकाशित : २०८१ साउन २९ गते ९:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI