गण्डक ब्यारेजमा पानीको सतह घटयो

NAWALPUR TIMES

गण्डक ब्यारेजमा पानीको सतह घटयो
1720363274860

कावासोती । वर्षा रोकिएको ७ घण्टापछि त्रिवेणी स्थित गण्डक ब्यारेजमा पानीको सतह घटेको छ । आइतबार बिहान १० बजे पानीको बहाव ४ लाख ४० हजार क्यूसेक रहेकोमा साँझ ७ बजेसम्म बाढीको बहाव हटेर ३ लाख ५० हजार क्यूसेक रहेको छ ।

जल तथा मौसम बिभागका अनुसार नारायणी नदी आसपासका अधिकांश क्षेत्रमा आइतबार दिउँसोदेखि वर्षात् रोकिएका कारण गण्डकमा पानीको सतह घट्दै गएको हो ।

गण्डकमा मिसिने खहरे खोलमा पनि पानी सुक्दै गएको र वर्षात् रोकिएकाले त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको मापन गर्दा हृवात्तै घटेको हो । यो क्षेत्रमा गत चार दिनदेखिको वर्षात् आइतबार बिहानबाट रोकिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology