भारतमा काम लगाईदिने भन्दै ठगी गर्दै हिडने गिरोहका २ जना पक्राउ

NAWALPUR TIMES

भारतमा काम लगाईदिने भन्दै ठगी गर्दै हिडने गिरोहका २ जना पक्राउ
Screenshot 20240624 182126 Microsoft 365 Office

कावासोती । भारतको बनारसमा काम लगाउने भन्दै ठगी गर्दै हिडेका २ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

बनारसमा रहेको पुस्कर देव न्यौपाने संचालक रहेको मोडल फेसन कम्पनिमा रोजगार दिने भनि झुठो प्रचार गरि स्थानियलाई ठगी गर्ने समुहका २ जनालाई नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेज पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बाग्लुङ जैमिनी नगरपालिका वडा नं. १० राङखानी बस्ने नरगङ नेपाली  र मनिका नेपाली रहेको नवलपुर प्रहरीका सूचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ठगी गर्ने समुहका नरगङ र मनिकाले तनहुँ भिमाद नगरपालिका वडा नं. १ किहुँका रन बहादुर बि.क लाई भारतमा रहेको  पुस्कर देव न्यौपाने संचालक रहेको मोडल फेसन कम्पनीमा काम लगाईदिने पटक पटक गरि रु. दुई लाख एघार हजार रकम ठगि गरेको अनुसन्धानबाट खुलेको हो ।

उनिहरुले ग्रामिण इलाकाहरु बाट रोजगारी दिने भन्दै ठगी गर्दै आएको अनुसन्धानबाट देखिएकाले विश्वासघात तथा आपराधिक लाभ ( एक्सटर्सन ) सम्बन्धी कसुरमा नवलपुर जिल्ला अदालत बाट ५ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको पौडेलले बताए ।

यस अघि पनि गएको २०८० साउन १२ गर्ने ठगी गर्ने समुहले विभिन्न स्थानका १३ जना नेपालीलाई बनारसमा काम लगाउने प्रलोभनमा गण्डक ब्यारेज हुँदै भारत तर्फ लान खोज्दा प्रहरीले उद्धार गरेर घर फर्काएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology