आज विश्व आदिवासी जनजाति दिवस : नवलपुरका सबै स्थानिय तहमा सार्बजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २४ गते ८:२१
आज विश्व आदिवासी जनजाति दिवस  : नवलपुरका सबै स्थानिय तहमा सार्बजनिक बिदा
aadhibasi

कावासोती । आज विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ देशैभरि विभिन्न कार्यक्रम गरी २९ औं दिवस मनाउन लागिएको हो ।

नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

यसै बिच विश्व आदिवासी जनजाति दिवसको अवसरमा नवलपुरका ८ वटै स्थानिय तहले सार्वजनिक बिदा दिएका छ्न भने नेपाल आदिवासी जनजाति महासंघ नवलपुर र पालिका समन्वय परिषदहरुको संयुक्त आयोजनामा कावासोतीमा र नेपाल आदिवासी जनजाति महासंघ गैडाकोटले गैडाकोटमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरि विश्व आदिवासी दिवस मनाउँदै छन् ।

कावासोतीमा आयोजना गरिएको कार्यक्रम कावासोतीको पानस वैंकटमा हुने जनाइएको छ । यस अघि कार्यक्रम कावासोती ३ नमुना सदरमुकाम खुल्ला चौरमा हुने जनाइएको भए पनि पानीका कारण पानस बैंकटको हलमा स्थानान्तरण गरिएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

 

प्रकाशित : २०८० साउन २४ गते ८:२१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI