तर्बुजा खेती जोगाउन बिछ्याइएको नाङ्गो तारमा रहेको करेन्ट लागेर मध्यविन्दुमा एक जनाको मृत्यु

NAWALPUR TIMES

तर्बुजा खेती जोगाउन बिछ्याइएको नाङ्गो तारमा रहेको करेन्ट लागेर मध्यविन्दुमा एक जनाको मृत्यु
तस्बिर :एआई

कावासोती । नवलपुरको मध्यविन्दुमा तर्बुजा खेती जोगाउन बिछ्याइएको नाङ्गो तारमा रहेको करेन्टलागेर एक जनाको मृत्यु भएको छ ।मध्यविन्दु-१५ कोलकट्टामा गुनबहादुर चौधरीको जग्गामा लगाईएको तर्बुजा जोगाउन बिछाईएको नाङ्गो तारमा परेर सोही स्थानका ॠषिराम चौधरीको मृत्यु भएको हो ।

तर्बुजा खेती जोगाउन बिजुलीको पोलबाट जोडेर वरिपरि नाङ्गो तार बिछ्याइएको थियो । प्रहरीका अनुसार मृतक चौधरी र अन्य २ जना माछा मारेर फर्किने क्रममा उक्त घटना घटेको हो ।

मृतकको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले जग्गाधनी गुनबहादुर चौधरी तथा मृतकसँगै माछा मार्न गएका धिरज महतो र सुमन कुमाललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology