जेनजी आन्दोलनमा भागेका कैदीद्वारा देवचुलीमा हत्या र लुटपाट, २५ दिनपछि काठमाडौंबाट पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदीद्वारा देवचुलीमा हत्या र लुटपाट, २५ दिनपछि काठमाडौंबाट पक्राउ

कावासोती । नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बाग्लुङको गल्कोट नगरपालिका–९ का ३१ वर्षीय संजय विकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका विक यसअघि विभिन्न ज्यान मुद्धामा संलग्न रही भदौ २४ गते जेननी आन्दोलनमा फरार भएको खुलेको छ । उनले गत चैत २३ गते बिहान देवचुलीका थनेत र उनकी ७१ वर्षीया गुलबसनीया थनेतलाई घरमै आक्रमण गरी गरगहना लुटेर भागेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आक्रमणबाट श्रीमानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उसैदिन मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा अहिले पनि उपचार भइरहेको छ । घटनाको लामो समयसम्म पनि दोषी पत्ता लगाउन प्रहरी असफल भएको भनेर आलोचना भइरहेका बेला सीआइबीले विकलाई २५ दिनपछि काठमाडौंको सुकेधाराबाट पक्राउ गर्न सफल भएको हो । प्रहरी दोषी पत्ता लगाउन नसकेको भन्दै प्रतिनिधि सभामा समेत आवाज उठेको थियो ।

यस्तो छ विकको विगत

विकविरुद्ध यसअघि २०७२ असारमा जिल्ला प्रहरी कार्यालय कास्कीमा चोरी मुद्धा दर्ता भएको, २०८० मंसिर ५ गते महिलाको हत्या गरी लुटपाट गरेको घटनामा वडा प्रहरी कार्यालय बेदाम कास्कीमा ज्यान सम्बन्धि कसुर र डाँका मुद्धामा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धान पश्चात २०८१ साउन २९ गतेदेखि पुर्पक्षका लागि कास्की कारागारमा रहेका विक जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भागेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

सीआइबीले विकको साथबाट तीन लाख ७५ हजार नगद, विभिन्न ब्राण्डका तीन थान मोवाइल सेट, नेपाल टेलिकमका ४ थान सिम र एनसेलका चार थान सिम बरामद गरेको पण्डितले जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology