जलवायु परिवर्तनको चपेटामा देवि ताल: संरक्षणमा जुटदै चितवन राष्ट्रिय निकुञ्ज

जलवायु परिवर्तनको चपेटामा देवि ताल: संरक्षणमा जुटदै चितवन राष्ट्रिय निकुञ्ज

कावासोती । कुनै बेला एक पटकमा दर्जन बढी गैँडा एकै साथ आहाल खेल्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको देवि तालमा जलवायु परिवर्तनको असर देखिदै जाँदा करिब २५ हेक्टर क्षेत्रफल रहेको ताल बिस्तारै घटदै गएर घाँसे मैदानमा परिणत हुँदै गए पछि चितवन राष्ट्रिय निकुञ्ज यसको संरक्षणमा जुटेको छ ।

विश्वमा नै दुर्लभ मानिएका वन्जन्तु ठुलो एकसिंगे गैंडा, पाटे बाघ र अन्य धेरै खाले जीव जनावर, जलचर, गोही र चराहरुको प्रमुख बासस्थल रहेको निकुञ्ज भित्रको सबै भन्दा ठुलो भनिको देवी ताल बिस्तारै घाँसे मैदानमा परिणत हुदैँ जाँदा जनावर र अन्य वनस्पति मात्रै नभएर निकुञ्जको जैविक विविधतानै समस्या आउने जोखिम बढदै जाँदा निकुञ्जले ताल संरक्षणको कामलाई अगाडी बढाएको हो ।

निकुञ्जको नियमित बजेट व्यवस्थापन हुन नसक्दा यो वर्ष ताल परियोजनाको १० लाख बजेटबाट ताल संरक्षणको कामलाई अगाडि बढाईएको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए । थापाका अनुसार यो वर्ष ताललाई ढाकेको जलकुम्भी, ईकोर्निया र अन्य घाँस प्रजातीका झारहरुलाई हटाउने काम अगाडि बढाइएको हो ।

जलकुम्भी, ईकोर्निया र अन्य घाँस प्रजातीका झार हटाउन सुरु गरिए पनि ताल संरक्षणमा चुरेबाट बगेर आउने गेग्रान थप चुनौती बन्दै गएको थापाले बताए । उनका अनुसार अहिले देवी तालमा पनि पानी साह्रै कम छ । पानीभन्दा धेरै घाँसले ताल ढाकेको छ । तालको पुर्वी भाग पुरिँदै पुरिँदै गएको छ । पश्चिम तर्फ देखिने पानीले मात्रै तालको अस्तित्व धानेको थापाले बताए । “तालको दक्षिण भाग चुरे सँग जोडिएको छ । वर्षा याममा खहरेहरुले ढुंगा माटोसहितको गेग्रान बोकेर तालमा थुपारेको कारणले ताल बिस्तारै खुम्चिदै गएको छ” थापाले भने ।

निकुञ्जको नियमित बजेटले काम गर्न नसके पछि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई औपचारिक रुपमा देवी ताल संरक्षणका लागी आग्रह गरेको थापाले बताए । आगामी वर्षको बजेटमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई देवी ताल संरक्षणका लागी आवश्यक बजेट विनियोजन हुने विषयमा निकुञ्ज आशाबादी रहेको थापा बताउछ्न ।

निकुञ्जमा साना ठुला धेरै ताल, घोल र पोखरीहरु छन् । तमोर ताल, मुण्डा ताल, लामिताल जस्ता तालहरु ठुला छन् । यीभन्दा पनि ठुलो ताल हो देवीताल हो । बेला बेलामा सफा गरिरहनु पर्ने यो ताल जलकुम्भी, ईकोर्निया र अन्य घाँस प्रजातीका झारहरुको अतिक्रमणमा मात्रै परेका छैन्न पुर्वी किनारमा चुरेबाट निस्केको खहरे र तालमा आउने अरु पनि स–साना खहरेहरु बाट बर्खायाममा ढुंगा माटोसहितको गेग्रान बोकेर तालमा थुपार्दछ । यसैका कारणले तालमा समस्या आउदै गएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology