नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स), नवलपुर च्याप्टरको दोश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न

NAWALPUR TIMES

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स), नवलपुर च्याप्टरको दोश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न
IMG 0240

नेपाल इन्स्योरेन्स् प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
होटल नयाँ थाली कावासोतिको सभाहलमा नेपाल इन्स्योरेन्स् प्रोफेसनल सोसाइटी (निप्स) नवलपुरको अध्यक्ष एवम सानिमा जि आईसि इन्स्योरेन्स्का शाखा प्रमुख दिपेन्द्र पौडेलको अध्यक्षता एवम नेपाल इन्स्योरेन्स् प्रोफेसनल सोसाइटी (निप्स) चितवन शाखा अध्यक्ष एवं एनएलजी इन्स्योरन्स नारायणगढका क्षेत्रिय प्रबन्धक भरत मल्लको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इन्स्योरेन्स कम्पनिहरुमा भएको अस्वस्थ प्रतिस्पर्धालाई निर्मुलीकरण गर्नको निम्ति निप्सले अहम भुमिका खेल्नुपर्नेमा प्रमुख अतिथि मल्लको जोड रहेको थियो ।

निप्स नवलपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा आइ एम ई जनरल इन्स्योरेन्स कावासोती शाखाका प्रमुख लक्ष्मण सुवेदी, उपाध्यक्षमा शिखर इन्स्योरेन्स कावासोती शाखाका प्रमुख याम प्रसाद काफ्ले, महासचिवमा सूर्यज्योति लाइफ इन्स्योरन्स् कावासोतीका शाखा प्रमुख टोप बहादुर राना मगर (सहज), कोषाध्यक्षमा सिदार्थ प्रिमियर इन्स्योरेन्सका कावासोती शाखाका श्याम अधिकारी एवम सदस्यहरुमा अश्विन पण्डित, काशिराम काफ्ले, मिना भट्टराई, अन्जु पौडेल र सावित्री रेग्मी निर्वाचित भएका छन ।

कार्यक्रममा नवलपुरमा शाखा रहेको जिवन विमा र निर्जिवन विमा गरि २७ ओटा कम्पनिहरुका शाखा प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेका थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology