काठमाडौं । नेपालमा पछिल्लो चार वर्ष अर्थात ४८ महिनामा २६ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यो तथ्यांकले दैनिक औसतमा १७ जनाभन्दा धेरैले आत्महत्या गरेको देखाउँछ । पछिल्ला केही वर्षमा भने यो संख्या दैनिक १९ सम्म पनि पुगेको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकले अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन् । यो दैनिक १९ जनाभन्दा बढी हो ।
आर्थिक वर्ष ०७८/७९ को सोही अवधिमा ६ हजार ८३० आत्महत्याका घटना भएका थिए । यो दैनिक १८ जनाभन्दा धेरै हो ।
आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ५ हजार ७८५ जनाले आत्महत्या गरेका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा भने ३ हजार १६४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रहरी तथ्यांकमा महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको देखिएको छ । यसबाहेक पछिल्लो समय बालबालिकाले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ ।
प्रकाशित : २०७९ चैत २४ गते ९:५७
Facebook Comment