महासंघको स्थापना दिवसमा पत्रकारको आँखा परीक्षण

NAWALPUR TIMES

महासंघको स्थापना दिवसमा पत्रकारको आँखा परीक्षण
20230330 090840 scaled

कावासोती : नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा पुर्वी नवलपरासीमा पत्रकारहरु आँखाको परीक्षण गरिएको छ ।

नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखा र रोटरी क्लब अफ नवलपुरको आयोजना तथा मध्वविन्दु आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सन्चालन गरिएको शिविरमा पत्रकार सहित ८० जनाले आँखा परीक्षण गराएका नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो ।

आज गरिएको आँखा परीक्षणमा ८० प्रतिशत संचारकर्मीमा दृष्टिदोषको समस्या रहेको मध्यविन्दु आँखा उपचार केन्द्र कावासोतीका प्राविधिक प्रदिप भट्राईले बताउनु भयो । भट्टराईका अनुसार अधिकांशको आँखामा दृष्टिदोष पाईएको छ । परिक्षण गराएका ८० प्रतिशत पत्रकारलाई चस्मा लगाउन सुझाव र सिफारीस गरिएको हो । परीक्षणको क्रममा अधिकांशको आँखामा सुख्खापना बढ्दा आँखामा समस्या देखिएको भट्टराईले बताउनु भयो । डिजिटल सामग्रीको नियमित वा अत्याधिक प्रयोग, सडकबाट सिर्जित प्रदुषणयुक्त धुलो–धुँवा र प्रसस्त हरियो सागसब्जीको सेवन नगर्दा पनि धेरैका आँखामा समस्या पहिचान भएको तथा उमेर अनुसार देखिने दृष्टिदोषका समस्या समेत पहिचान भएको छ ।

आँखा परीक्षणसँगै पत्रकारहरुलाई निःशुल्क औषधि वितरण गरिएको छ । चस्मा लगाउनुपर्ने अवस्था भएकालाई निःशुल्क चस्मा वितरण गरिने पनि रोटरी क्लब अफ नवलपुरका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले बताउनु भयो । पोख्रेलका अनुसार शिविरमा ४९ जना पत्रकार, ८ जना पत्रकारका परिवार, २३ जना प्रहरी कर्मचारीले आँखाको परीक्षण गराएका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology