‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’

NAWALPUR TIMES

‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’
9439b700 8d94 11ed 888e 5f7a68a59acb

कावासोती । “मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ,” ललितपुरका २९ वर्षीय सीताराम डिम्डुङ भन्छन्।

उनले नै सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति बनाएका हुन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अहिले देशभरि च्याउ उम्रे झैँ बनाइएका तर प्राकृतिक स्वरूप नमिलेका यस्ता मूर्तिहरूको चर्चा भइरहेको छ। डिम्डुङको मूर्तिकलामा १५ वर्ष अनुभव रहेको उनी बताउँछन्।

काँक्रे विहार लगायत सुर्खेतमै अन्य धेरै मन्दिरहरू बनाएको बताउने उनी आफूले गरेको राम्रा कामको चर्चा नहुँदा दुख लागेको उनी बताउँछन्। यो बाघको मूर्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको छ। उक्त मूर्ति बनाउन ५० हजार लागेको बताइएको छ।-बिबिसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology