कांग्रेस गण्डकीको संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन

NAWALPUR TIMES

कांग्रेस गण्डकीको संसदीय दलको नेता चयन गर्न मंगलबार निर्वाचन
1626355011nepali congress flag tree 1

कावासोती : नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलको नेताको चयन गर्न गण्डकी प्रदेशमा निर्वाचन समिति गठन भएको छ ।

शुक्रबार सम्पन्न नेपाली कांग्रेस गण्डकी प्रदेश पदाधिकारी बैठकले निर्वाचन समिति गठन गरेको कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले जानकारी दिनु भयो ।

महामन्त्री लामिछानेको संयोजकत्वमा सहमहामन्त्रीहरु रमेश पाण्डे, कोपिला रानाभाट, डिएलए गण्डकीका अध्यक्ष फनिण्द्र कोइराला र डिएलए कास्कीका अध्यक्ष कपिलमणी दाहाल सदस्य रहने गरि निर्वाचन समिति गठन भएको महामन्त्री लामिछानेले बताउनु भयो । लामिछानेले निर्वाचन समितिले भोली शनिबारबाट प्रक्रिया सुरु गरेर पुसको १२ गते निर्वाचन गर्ने तयारी रहेको बताउनु भयो ।

गण्डकी प्रदेश संसदीयदलको नेताको लागि कांग्रेस नेताहरु नवलपुरका महेन्द्रध्वज जिसी, गोरखाका सुरेन्द्र पाण्डे, कास्कीका विन्दुकुमार थापा र स्याङ्जाका भोजराज अर्याल दौडमा रहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology