सयपत्रि ठुलो वर्णमालाको महत्व र खोज

NAWALPUR TIMES

सयपत्रि ठुलो वर्णमालाको महत्व र खोज
received 3415607942095756

मध्यबिन्दु –

नेपालमा गुणस्तरी शिक्षाको लागि फरक फरक प्रसङ्गमा थुप्रै आन्दोलनहरु भए।
त्यि आन्दोलनले धेरै प्रयासहरु मात्र जन्माएन,प्रयासले केही उपायहरुलाई पनि जन्म दियो । तर नेपालमा शैक्षिक जिबनको सुरुवाती कक्षा (शिशु) सयपत्री ठुलो बर्णमाला पढेर ज्ञान काण्ड र कर्मकाण्ड जस्ता वेदका दुईवटा रुप छर्लङ्ग हुन्थ्यो । जुन पुस्तकबाट बिध्यार्थिले आफ्नो क्षमताको स्तर लक्षण मापन गरी क्षमताको पहिचान गरी उसलाई आवश्यक मार्ग प्रशस्त गरिन्थ्यो,जसले गर्दा उसलाई भविष्यको बाटो सहज हुनेगर्थ्यो । अहिले त्यो ज्ञान दिने न त गुरु नै छन न त पुस्तक नै छ ।

त्यिनै( सयपत्री ठूलो बर्णमालामा उल्लेखित )शिक्षा पद्धतिलाई अंगालेर नयाँ ढंगले अहिलेको शिक्षालाई प्राविधिक शिक्षाको रुपमा अगाडी बढाईनुपर्छ तर त्यस्तो हुन सकिरहेको छैन । अझ उराठलाग्दो कुरा त के छ भने सयपत्री जस्ता वर्णमालाको पनि ठूलो खोजी गर्न पर्ने आजको टड्कारो आवश्यकता बन्न पुगेको छ र खोजि गरिरहनुपर्ने हाम्रो नियति पनि बन्न पुगिसक्यो । त्यि किताबहरु किन लोप भए? को द्वारा लोप गराईयो ? यो विचाराधीन अवस्थामा छ ।

हाम्रो इतिहास,हाम्रो भूगोल, हाम्रो वंशज ,हाम्रो संस्कृति, हाम्रो सभ्यताको सम्पूर्ण रूपहरू वर्णन गरिएका सुरुवाती कक्षामा पढाईने ठूलो वर्णमाला गायब गरेर नेपाली दाजुभाईहरुलाई शिक्षा आर्जन गर्न बिदेश पठाउने काम भईरहेको छर्लङ्ग देख्न पाइन्छ । नेपालको अपुरो र हलुङ्गो शिक्षानीति र नीति निर्मातानै यसको दोषी हुन । त्यि वर्णमालाहरुमा लेखिएका कविताहरु जसमा हाम्रो संस्कृति ,सभ्यता, भूगोल, वातावरण ,प्रकृति संरक्षण र सम्बर्द्धनका कुराहरु जंगली जडीबुटीहरूको संरक्षणका ज्ञानहरु, जंगली जनावरहरूको संरक्षण र सम्बर्द्धनका कुराहरु,नैतिक जिबनका प्रसङ्गहरु,कुन मौसममा के खाने ,कुन बाली हुर्काउने जस्ता सम्पूर्ण बिषयहरुका सन्दर्भमा त्यहाँ ज्ञान उल्लेख थियो ।

कुनै भौतिक संरचनाले सुबिधा सम्पन्न
बिध्यालयहरु नहुँदा पनि चौतारीमा गुरुकुलम पद्दतिबाट आर्जित शिक्षाहरू अहिले ठूला भौतिक संरचनाहरूमा लुप्त भईरहेको अनुभूति भएको छ । जुन माहाभारत, रामायण, भागवत गीता, देवी भागवत, शिवपुराण, जस्ता पौराणिक ग्रन्थहरू उल्लेख गरिएको पुस्तक पढ्नु हुने महान ऋषिहरुको मुखारविन्दबाट अक्षरस हामीले सुन्न पाइन्थ्यो ।
अहिले त्यही ज्ञान लिन युटुबको सहारा लिनुपर्छ ,जहाँ बाट पुर्ण ज्ञान प्राप्त हुदैन । त्यस्ता पुस्तकहरूको विलय गराउने शक्ति र तत्व प्रति हाँसो उठेर आउँछ,अनि पलभरमै उदेक पनि लाग्छ ।

अन्तिममा सयपत्री ठुलो बर्णमालाको खोजीकार्य कुनै प्रकारले भईनैरहेको छ,जिबित ईतिहास बनेर बस्नुभएका अग्रजहरु जो माथी उल्लेखित सन्दर्भका पुस्तक सङ्ग जानकार पनि हुनुहुन्छ भने सम्पर्क गरि सहयोग गर्न अनुरोध गर्दछु ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology