प्रजातन्त्र सेनानी सापकोटाको अन्त्येष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २५ गते २०:४१
प्रजातन्त्र सेनानी सापकोटाको अन्त्येष्टि
1668178522603

नवलपुर । प्रजातान्त्रिक सेनानी सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाको शुक्रबार नारायणी नदी किनारमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । कात्तिक २३ गते निधन भएका सापकोटाको शुक्रबार अन्त्येष्टि गरिएको हो ।

गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटाको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टीको र प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्मा कँडेलले सेनानी सङ्घको झण्डा ओढाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।

उनको अन्त्येष्टिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको ठूलो सहभागिता रहेको थियो ।

सापकोटालाई उनका छोराहरु विश्वप्रकाश, केशवप्रकाश, चूडामणि, कृष्ण, नारायण, कुलराज र विजय सापकोटाले दागबत्ती दिए । उनका दुई श्रीमती, सात छोरा र चार छोरी छन् । छोराहरू देशबाहिर रहेकाले अन्त्येष्टि ढिलो गरिएको हो ।

राजनीतिक र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व सापकोटा दम रोगबाट पीडित थिए । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिएका सापकोटा नवलपरासीमा नेपाली काङ्ग्रेसका अग्रज नेताका रूपमा चिनिन्थे । सापकोटाको निधनसँगै राससका वरिष्ठ सम्पादक कृष्ण सापकोटा पितृ शोकमा परेका छन् ।

प्रकाशित : २०७९ कार्तिक २५ गते २०:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI