गैंडाकोटमा बस गैंडाकोटमा दुर्घटना : २२ जना घाइते

NAWALPUR TIMES

गैंडाकोटमा बस गैंडाकोटमा दुर्घटना : २२ जना घाइते
accident bus

कावासोती । नवलपुरमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो । घाइतेहरूलाई  उपचारको लागि भरतपुर चितवनतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology