सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, अपरान्ह राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै

NAWALPUR TIMES

सरकारले नीति तथा कार्यक्रम ल्याउँदै, अपरान्ह राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै
samsad pratinidhi sabha wDk739cc2e

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

नेकपा एमालेले यही बजेट अधिवेशनका लागि भनेर आफ्ना माग थाँती राखेर संसद चल्न दिएको छ । शेरबहादुर देउवाले सरकारको नेतृत्व गत असार २९ गते सम्हालदेखि नै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध गर्दै आएको थियो ।

तर गत जेठ ३ गतेदेखिको बजेट अधिवेशनमा भने एमालेले सक्रिय सहभागीता जनाएको छ । प्रिबजेट छलफल जेठ ४ देखि ६ गतेसम्म भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology