सबै प्रदेशमा चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ८ गते ६:५६
सबै प्रदेशमा चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा हावाहुरी र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा  मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ । देशका  बाँकी  भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित : २०७९ जेठ ८ गते ६:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI