शिक्षक कर्मचारीको पोशाक फेरियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ६ गते १३:२७
शिक्षक कर्मचारीको पोशाक फेरियो
presentation icon sign symbol with teacher vector 25325971

नवलपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोशाक परिवर्तन गरेको छ ।
केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोशाक परिवर्तन गरेको जनाएको छ ।
केन्द्रले तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ ।

शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोशाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए ।

परिवर्तन गरिएको पोशाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर रकालो जुत्ता राखिएको छ । साडी ब्लाउज कुर्था सुरुवालमा भने परिवर्तन नगरेको केन्द्रले जनाएको छ । पाेशाकको नमुना शिक्षक महासंघबाट प्राप्त गर्न सकिने छ ।

 

प्रकाशित : २०७९ जेठ ६ गते १३:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI