शिक्षक कर्मचारीको पोशाक फेरियो

NAWALPUR TIMES

शिक्षक कर्मचारीको पोशाक फेरियो
presentation icon sign symbol with teacher vector 25325971

नवलपुर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोशाक परिवर्तन गरेको छ ।
केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोशाक परिवर्तन गरेको जनाएको छ ।
केन्द्रले तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ ।

शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोशाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए ।

परिवर्तन गरिएको पोशाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर रकालो जुत्ता राखिएको छ । साडी ब्लाउज कुर्था सुरुवालमा भने परिवर्तन नगरेको केन्द्रले जनाएको छ । पाेशाकको नमुना शिक्षक महासंघबाट प्राप्त गर्न सकिने छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology