आगलागीमा परेर एकै परिवारका तीनसहित चार बालबालिकाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १० गते ८:१४
आगलागीमा परेर एकै परिवारका तीनसहित चार बालबालिकाको मृत्यु

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ३ मा एक घरमा आगलागी हुँदा एकै परिवारका तीनसहित चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र ‍१ वर्षीय दिपेश सार्की  छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार स्थानीय मानसिंह सार्कीको घरमा गएराति  ११ बजेको समयमा आलगागी भएको थियो । मृत्यु हुनेहरुमा तीनजना मानसिंहका छोराछोरी रहेको र १४ वर्षीया तिर्सना मानसिंह सार्कीकी भान्जी रहेको डीएसपी चन्दले बताए ।

तिर्सना  मामाको घरमा आएकी थिइन् । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला राखिएको छ । घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित : २०७९ वैशाख १० गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI