पल शाह प्रकरणमा बुवाछोरीकै बयान फेरियो, अब के हुन्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते ८:०७
पल शाह प्रकरणमा बुवाछोरीकै बयान फेरियो, अब के हुन्छ ?

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी किशोरी र उनका बुवाले पनि बयान फेरेका छन् ।

पीडित किशोरीले आफूमाथि शाहले जबरजस्ती करणी नगरेको बयान दिएकी थिइन् । उनका बुवाले पनि छोरीले दिएको बयानमा आफ्नो समर्थन रहेको बताएका छन् ।

जिल्ला अदालत तनहुँमा किशोरीका बुवाले ‘छोरीले जे भनी त्यही हो’ भन्ने बयान दिएको एक वकिलले जानकारी दिए ।

अब के हुन्छ मुद्दा ?
ती वकिलकाअनुसार किशोरीका बुवाको पनि बयान सकिएको छ । ‘‘किशोरीका बुवा पनि होस्टाइल हुनुभयो । यो एउटा व्यक्तिको कुरा होइन । सिंगो समाजको कुरा हो । शक्तिमा भएको मानिसले होस्टाइल गरियो भने पीडितले जाहेरी नै नदिन प्रवृत्ति बढ्ने सम्भावना हुन्छ,” ती वकिलले भने ।

अब अदालतले निर्णय लिनेछ । बयान फेरिएको अवस्थामा सर्वोच्च अदालतबाट एक किसिमका र जिल्ला अदालतबाट अर्कै किसिमका नजिरहरू प्रतिपादन भएको ती वकिलले बताए ।

‘‘व्यवहारिक रूपमा सर्वोच्च र जिल्ला अदालतमा भएका गतिविधिहरू कन्ट्याक भएजस्तो देखिन्छ । जाहेरवाला र प्रतिवादीले होस्टाइल गरिसकेपछि मुद्दा सिथिल हुँदै जाने र प्रतिवादी छुट्ने सम्भावना जिल्ला अदालतमा प्रवल हुन्छ भने सर्वोच्चमा तत्काल छोड्न सकिने अवस्था हुँदैन,” उनले भने, ‘‘पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति छिट्टै छुट्ने सम्भावना हुन्छ ।  यहाँ जाहेरवाला र प्रतिवादीको भिजन देखियो ।”

तनहुँ अदालतका वकिलकाअनुसार बुवा र छोरीको होस्टाइलका आधारमा अदालतको भिजन देखिएको छैन ।

यसअघि

पीडितको जाहेरीका आधार र अनुसन्धानका आधारमा थुनामा राख्ने अदालतको भिजन देखिएको उनले बताए । अहिले होस्टाइल भइसकेको अवस्थालाई अदालतले कस्तो रूपमा लिन्छ त्यसैमा भर पर्ने उनले बताए ।

किशोरीले यसअघि जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला अदालत नवलपुर र तनहुँमा जाहेरी दिइकी थिइन् । प्रतिवादी पल शाहलाई १२ देखि १४ वर्ष जेल सजायको मागदाबी गरिएको थियो ।

प्रकाशित : २०७९ वैशाख ७ गते ८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI