२४ घण्टामा १५ जिल्लामा आगलागीका घटना, एकजना घाइते, ७१ लाखको क्षति

NAWALPUR TIMES

२४ घण्टामा १५ जिल्लामा आगलागीका घटना, एकजना घाइते, ७१ लाखको क्षति
Aago 041618511458

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५ जिल्लाका १८ स्थानमा आगलागीका घटना भएको छ ।

उक्त घटनामा एकजना सामान्य घाइते भएका छन् । ७१ लाख २० हजार रुपैयाँबराबरको धनमाल क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यो तथ्यांक यही वैशाख ३ गते बिहान १० बजेदेखि वैशाख ४ गते बिहान १० बजेसम्मको हो । त्यसक्रममा ३१ चौपाया क्षति भएको जनाइएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology