पल शाह प्रकरण : ‘पीडित’ किशोरीले अदालतमा बयान फेरिन् !

NAWALPUR TIMES

पल शाह प्रकरण : ‘पीडित’ किशोरीले अदालतमा बयान फेरिन् !
pal shah

काठमाडौं । मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा पीडित किशोरीले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।

जानकारी अनुसार पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी गरेकी छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएकी बयानमा भने पीडित किशोरीले पल शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटक–पटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । तर, किशोरी गायिकाले बयान फेरेसँगै मुद्दामा ट्विस्ट आएको छ, भने पल शाहको पक्षमा खुसीयाली छाएको छ ।

जाहेरीकर्ता किशोरीका बुवाको भने बकपत्र लिन बाँकी रहेको बताइएको छ । यसैबीच पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका पनि गरिएको छ ।

किशोरीको पक्षबाट गएका एक वकिलले भनेका छन्, ‘होस्टाइल भइन् । बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन्ु ।’

गत ११ फागुनमा किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि तनहुँ प्रहरीले पल शाहलाई नियन्त्रणमा लिएको थियो । अहिले अभिनेता पल शाह पूर्र्पक्षका लागि जिल्ला कारागार, तनहुँमा छन् ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology