दलहरूले एउटै चुनाव चिह्न लिन समस्या पर्ने !

NAWALPUR TIMES

दलहरूले एउटै चुनाव चिह्न लिन समस्या पर्ने !
local election SoSYi36EtA

निर्वाचन आयोगले  उम्मेदवारले  मनोनयनपत्र    दर्ता    गराउँदा जुन राजनीतिक दलको  चुनाव  चिह्न  लिने   हो   त्यसपछि   पनि  सोही  दलको  नै  प्रतिनिधित्व  हुने  प्रस्ट  पारेको  छ  ।

स्थानीय  तह  निर्वाचनमा  राजनीतिक  दलहरूले आफ्नै चुनाव चिह्न नभई अन्य दलको चुनाव चिह्न  लिएर  मनोनयन  दर्ता  गर्ने  तयारी  गरिरहँदा  आयोगले सोसम्बन्धी व्यवस्था प्रस्ट्याएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले भने, “सम्बन्धित दलको आधिकारिक व्यक्तिले  दस्तखत  गरेर  टिकट  दिएको  अवस्थामा  उम्मेदवार हुन पाउने हो, आयोगले उम्मेदवारलाई उक्त चुनाव चिह्न भएको दलको पहिचान गर्छ ।”

स्थानीय तह निर्वाचन ऐनले समेत राजनीतिक दलले खडा गरेको उम्मेदवारको हकमा त्यस्तो दलले निजलाई औपचारिक पत्र दिएको हुनुपर्ने व्यवस्था गरेको छ । नेपाल  कम्युनिस्ट  पार्टी  (एमाले)  र  राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच बुधबार स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सम्बन्धमा पाँच बुँदे सहमति  भएको  थियो  ।

उक्त  सहमतिबमोजिम  राप्रपा  नेपालका  उम्मेदवारले  सूर्य  चिह्न  लिएर  निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

दुवै दलबीच भएको सहमतिअनुसार  निर्वाचित  भएपछि  पनि  राप्रपा  नेपालमै आबद्ध रहनेछन् तर निर्वाचन ऐनले उक्त सहमतिलाई पहिचान नगर्ने देखिएको छ ।

ऐनले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि त्यस्ता उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिह्न परिवर्तन नहुने व्यवस्था गरेको छ र त्यस्तो उम्मेदवार  निर्वाचित  भएमा  सम्बन्धित  दलले  प्रमाणसहित  आयोगमा  उजुरी  दिएमा  निजको  सदस्यता खारेज हुने व्यवस्था पनि ऐनमा छ । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology