नयाँ शैक्षिकसत्रमा कक्षा १–१२ सम्मका पुस्तक पुरानै मूल्यमा पाइने (मुल्य सूची सहित)
NAWALPUR TIMES प्रकाशित : २०७८ चैत २९ गते १३:४६
pathyakram bikash kendra1635502989
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तकको मूल्य पुरानै कायम गरेको छ ।
नयाँ शैक्षिकसत्र २०७९ को तयारी भइरहेका बेला पाठ्यक्रम विकास केन्द्रले शैक्षिकसत्र २०७७ को मूल्य यथावत् राखी पुस्तकको मूल्य निर्धारण गर्न निर्देशन दिएको हो ।
केन्द्रले एक सूचना जारी गर्दै कक्षा–१ देखि ९ सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा–१० देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धार समेत)को पुस्तकको मूल्य विवरणअनुसार गर्न/गराउन निर्देशन दिएको छ ।
कुन पुस्तकको मूल्य कति ?
केन्द्रले कक्षा–१ को मातृभाषा–स्थानीय विषयबाहेकको जम्मा मूल्य ५१८ रुपैयाँँ चार पैसा, कक्षा–२ को मातृभाषा–स्थानीय विषयबाहेकको मूल्य ५५६ रुपैयाँँ आठ पैसा, कक्षा–३ को मातृभाषा–स्थानीय विषयबाहेकको मूल्य ५८० रुपैयाँँ आठ पैसा, कक्षा–४ को मातृभाषा/स्थानीय विषयबाहेकको मूल्य ६०२ रुपैयाँ आठ पैसा, कक्षा–५ को मातृभाषा/स्थानीय विषयबाहेकको जम्मा मूल्य ४०८ रुपैयाँँ एक पैसा कायम गरेको छ ।
यस्तै, कक्षा–६ को मातृभाषा/स्थानीय विषयबाहेकको जम्मा मूल्य ७१२ रुपैयाँ आठ पैसा, कक्षा–७ को मातृभाषा/स्थानीय विषयबाहेकको मूल्य ७५२ रुपैयाँँ चार पैसा, कक्षा–८ को मातृभाषा/स्थानीय विषयबाहेकको मूल्य ७६१ रुपैयाँँ तीन पैसा निर्धारण गरिएको छ ।
कक्षा–९ को अनिवार्य पाँच विषयको मूल्य ७७४ रुपैयाँँ चार पैसा, कक्षा–१० को अनिवार्य विषय सबैको ४९६ रुपैयाँँ पाँच पैसा, कक्षा–११ को अनिवार्य तीन विषयको जम्मा २७० रुपैयाँँ ६ पैसा र कक्षा–१२ को अनिवार्य तीन विषयको ३२३ रुपैयाँँ ९ पैसा तोकिएको छ ।
मन्त्रालयले विवरणमा समावेश हुन नसकेका कक्षा–९ का ऐच्छिक विषयका मुद्रणीयप्रति एक रङमा भएकाले प्रतिपेज ०.३६ र बहुरङमा छापिएका अंग्रेजी माध्यामका पाठ्यपुस्तकका हकमा नेपाली माध्याममा छापिएका पाठ्यपुस्तकसरह तथा अरू कक्षाका एक रङमा छापिएको ऐच्छिक विषयका पाठ्यपुस्तकको हकमा प्रतिपेज ०.३६ का दरले हुन आउने रकम (प्रिलिम्ससहित) पाठ्यपुस्तकको कभर/प्रिलिम्स पेजमा उल्लेख गरी छपाइ तथा वितरण गर्ने सूचनामा उल्लेख छ ।
Facebook Comment