नवलपुर । पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ । एक नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला कारागार तनहुँमा रहेका शाहलाई आज नवलपुर जिल्ला अदालत ल्याइएको हो ।
उनीविरुद्ध तनहुँपछि चैत ३ गते नवपुरमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । सोही मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागार तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जिल्ला अदालत नवलपुरले उपस्थित गराउन भनेअनुसार शाहलाई नवलपुर पुर्याइएको बताए ।
प्रकाशित : २०७८ चैत २२ गते १६:४९
Facebook Comment