आदीवासी जनजाती महासंघमा कांग्रेस- एमालेको संयुक्त प्यानलका शेर्पा विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ११ गते ७:५२
आदीवासी जनजाती महासंघमा कांग्रेस- एमालेको संयुक्त प्यानलका शेर्पा विजयी

नारायण शर्मा/पूर्वी नवलपरासी
कावासोतीमा शुक्रवार बिहान सम्पन्न आदीवासी जनजाती महासंघको दशौ केन्द्रीय महाधिबेशनमा कांग्रेस र एमालेको संयुक्त प्यानल बिजयी भएको छ । अध्यक्ष र महासचिवमा मतदान भएको हो भने अन्य पद निर्बिरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसका गेल्जे लामा शेर्पा (सिन्धुपाल्चोक) र महासचिवमा एमालेका दिवशराई सहितको टिम बिजयी भएको छ । अध्यक्षमा कांग्रेस, एमालेको संयुक्त प्यानल र माओवादी केन्द्र र संघिय समाजवादीको अर्को गठबन्धन बनाएर उम्मेदवारी परेको हो । २१ सदस्य रहेको केन्द्रीय समिति चयन भएको हो । अध्यक्ष र महासचिव बाहेकका सबै पद निर्बिरोध भएको हो ।

बरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ति, उपाध्यक्षहरु युवराज जिरेल, ध्यानी उराव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन ।

८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध भएका छन ।
उपमहासचिव रामकृष्णलामा, कोषाध्यक्ष बिजय शारु मगर र ८ जना सचिव सहित केन्द्रीय सदस्यहरु निर्बिरोध चयन भएका छन ।

महाधिबेशनमा सहभागि नेता इन्द्र फाल मगरका अनुसार अध्यक्षमा शेर्पाले ४४ मत र प्रतिद्धन्दी सोनम लामा ८ मत पाएका थिए । अध्यक्षमा २ मत र उपाध्यक्षमा ३ मत बदर भएको थियो । त्यसै गरि महासचिवमा एमालेका तर्फवाट उम्मेदवार दिबश राइले ३६ मत र प्रतिस्पर्धि शुखबीर धामीले १५ मत पाएका थिए । नेपालमा आदीवासी जनजातीका ५९ जातजाती सूचिकृत रहेको छ । ति मध्ये ५४ जातजातीका एक एक जना प्रतिनिधि मतदाता रहने ब्यबस्था छ । महाधिबेशनमा ५४ जातजातीका प्रतिनिधि सहभागि थिए । महाधिबेशनमा पदाधिकारी नपाएको भन्दै थारु समुदायका मतदाताले बहिस्कार गरेको बताइएको छ ।

पहिचान सहितको संघियता र स्वायत्तताकालागि संबिधान संसोधन हाम्रो आन्दोलन ,आदीवासी अधिकारकालागि नविन सामाजिक सहमतीको पक्षमा १० औ महाधिबेशन भन्ने नाराका साथ बुधवार कावासोतीमा महाधिबेशन शुरु भएको थियो । महाधिबेशनको उद्धघाटन गृहमन्त्री बालकृष्ण खांडले गरेका थिए ।

प्रकाशित : २०७८ चैत ११ गते ७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI