कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

NAWALPUR TIMES

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

काठमाडौं : कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ।

 

परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको एक अधिकारीले जानकारी दिए।

बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ।

बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ। परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ।

यसअघि बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology