नवलपुर – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्।
न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एक जनामा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको बताइन्।
प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटिरहेको र त्यसको प्रभाव नेपाल परेको बताइन्। डा मिश्रले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिन्।
‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ। भाइरसले संक्रमण गर्ने जुन दर पहिले थियो, जस्तो एउटा भाईरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यों भने त्यो दरचाँही अव विस्तारै घटिराखेको छ’ उनले भनिन्, ‘संक्रमण दर डिक्रिजिङ अवस्थामा छ। स्वास्थ्य मापदण्ड अपराउने, भिडभाँडमा नजाने र खोप लगाउने काम गर्नु प¥यो। हाम्रो प्रक्षेपण चाँही के छ भने यसको दर घट्दो अवस्थामा छ।’
कोरोनाविरुद्धको खोप नेपालमा अभाव नभए मन्त्रालयले बताएको छ। मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्।
उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको बताइन्।
ुहालको अवस्था हेर्नु भयो भने हामीसँग खोपको कुनै कमी छैन। विभिन्न प्रकारका खोप पाइपलाइन पनि छ। र यदि कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै सिरियसली लागि राखेको छु उनले भनिन्।
प्रकाशित : २०७८ माघ २१ गते १८:४८
Facebook Comment