घर अगाडि घाम तापेर बसिरहेका दुई जना गैंडाको आक्रमणबाट घाइते

NAWALPUR TIMES

घर अगाडि घाम तापेर बसिरहेका दुई जना गैंडाको आक्रमणबाट घाइते

काठमाडौं । पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३:३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology