काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।
राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ ।
बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ ।
प्रदेश १ र २ का एक दुई स्थानमा वर्षा पनि हुनेछ ।
प्रकाशित : २०७८ पुष २१ गते ८:४९
Facebook Comment