परीक्षा बोर्डको बैठक बस्दै, १२ को नतिजा आजै

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १७ गते ९:०६
परीक्षा बोर्डको बैठक बस्दै, १२ को नतिजा आजै
National Examinations Board Class 11 12

काठमाडौं । आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित : २०७८ मंसिर १७ गते ९:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI