कावासोतीमा लक्षित जनसंख्याको ४३ प्रतिशतले पाए कोरोना विरुद्धको पुर्ण खोप

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १५ गते १३:३०
कावासोतीमा लक्षित जनसंख्याको ४३ प्रतिशतले पाए कोरोना विरुद्धको पुर्ण खोप
AddText 12 01 01.20.41

कावासोती । कावासोती नगरपालिकाका लक्षित समुहका  ४३ प्रतिशतले कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका छ्न  । नगरपालिकामा खोपको मात्रा पूरा गर्नेको संख्या बीस हजार नाघेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कावासोती नगरपालिका स्वास्थ्य शाखाका सि.अहेव अधिकृत पारेश्वर भुर्तेलका अनुसार मंसिर १४ गते सम्म खोपको मात्रा पूरा गर्ने को संख्या २० हजार ३६ पुगेको छ भने खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ हजार २ सय ६० पुगेको हो ।

कावासोती नगरपालिकामा कुल ४६ हजार ६ सय ९५ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा हाल सम्म ४३ प्रतिशतले मात्रै खोपको मात्रा पूरा गरेका छ्न भने लक्ष्यको ९१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका अधिकृत भुर्तेलले बताए ।

प्रकाशित : २०७८ मंसिर १५ गते १३:३०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI