नेविसंघ जिल्ला अध्यक्ष पौडेलले काङ्ग्रेस जिल्ला सह-सचिवमा उम्मेदवारी दिने

NAWALPUR TIMES

नेविसंघ जिल्ला अध्यक्ष पौडेलले काङ्ग्रेस जिल्ला सह-सचिवमा उम्मेदवारी दिने
received 182866893973178

कावासोती । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा जिल्ला-जिल्लामा महाधिवेशनको रौनक बढेको छ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाको निर्वाचन क्षेत्र नवलपुरमा प्रदेश तथा संघीय क्षेत्रमा मिश्रति परिणाम आएको छ । प्रदेश तथा संघीय क्षेत्रको अधिवेशन सकिए संगै जिल्ला नेताहरु जिल्ला अधिवेशनमा केन्द्रित भएका छन ।

यसै क्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष राजेश पौडेलले नेपाली कांग्रेस नवलपुर सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । नेबिसंघ जिल्ला अध्यक्ष हुदैगर्दा जिल्लामा आफ्नो नेतृत्वमा भएका विभिन्न कामहरु स्मरण गर्दै आफुलाई भारी मतका साथ विजयी गराउन क्षेत्रीय प्रतिनिधिहरुलाइ पौडेलको आग्रह छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गैंडाकोट ५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर महाधिवेशनमा होमिएका पौडेलले सामाजिक संजाल मार्फत जिल्ला सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन । सह–सचिव पदमा उम्मेदवारी किन त भन्ने हाम्रो प्रश्नमा ‘ अग्रजलाइ सम्मान गर्दै उहाँहरुका अनुभव र संघर्षलाई शिरोपर गर्दै युवाहरुले सु-संस्कृत राजनीति गर्न आफ्नो उम्मेदवारी’ रहेको पौडेलले बताए । युवाहरूलाई कांग्रेस पार्टीमा जोडेर कांग्रेसलाई बलियो र संगठित बनाउने मुख्य लक्ष्य रहेको उम्मेदवार पौडेलको भनाइ रहेको छ ।

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका पौडेल नवलपुर भएका हरेक राजनीतिक परिवर्तनहरुमा सक्रिय सहभागी हुदै आएका छन । ने.वि. संघ नवलपरासी सभापति भए पस्चात नै विभिन्न गुट उपगुटमा रहेको नेबिसंघलाइ एक बनाएर गण्डकी प्रदेश स्तरीय कार्यक्रम ,जिल्ला स्तरीय कार्यक्रम तथा विद्यार्थीको हक अधिकारको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको नेबिसंघ नवलपुरका नेताहरुले बताउने गरेका छन ।

युवाहरूको साथ र अग्रजहरुको मायमा आफुले सह–सचिव पदमा उम्मेदवारी दिएको भन्दै पौडेलले आफुलाई सबैले साथ, सहयोग गरिदिन पौडेलले आग्रह गरेका छन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology