नवलपुर क्षेत्र नं १ “क” मा खरेल र सापकोटा प्यानल बनाएर मैदानमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २८ गते १५:२७
नवलपुर क्षेत्र नं १ “क” मा खरेल र सापकोटा प्यानल बनाएर मैदानमा
AddText 11 14 03.25.23

कावासोती । कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नवलपुरमा पनि महाधिवेशनको सरर्गमी बढन थालेको छ । उम्मेदवारहरु प्यानल बनाएर मतदाता सँग मतमाग्दै घरदैलो अभियानमा जुटेका छन ।

महामन्त्री शशांक कोईरालाको निर्वाचन क्षेत्र क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र १ “क”मा दुई फरक समुहबाट नेपाली काङ्ग्रेस गैंडाकोटका निवर्तमान सभापति तारापती खरेल र नेता गोपालप्रसाद सापकोटा प्यानल बनाएर मैदानमा उत्रिएका छन ।

पालिका अधिवेशन पछि जिल्लामा स्पष्ट दुईवटा धार देखिए पछि प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरुमा गुटगत उम्मेदवारी देखिएको छ ।

महामन्त्री शशांक कोइराला निकट समुहबाट निवर्तमान सभापति तारापती खरेल र जिल्लाका अर्का नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसि निकट समुहबाट युवा नेता गोपाल प्रसाद सापकोटा प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा प्यानलनै घोषणा गरेर मतदाता सँग मत माग्न व्यस्त भएका छन ।

खरेल नेतृत्वको प्यानलको उपसभापतिमा कविराज आचार्य र गोविन्द कोइराला, सचिवमा टेकनाथ पौडेल र दिनुराम सापकोटा ,सहसचिवमा प्रेमराज तिमिल्सिना र सालिकराम घिमिरेको उम्मेदवारी रहेको छ ।

त्यसै गरि  गोपालप्रसाद सापकोटा नेतृत्वको प्यानलबाट उपसभापतिम सुरेन्द्र तिवारी र मन्जुदेवि पौडेल , सचीवमा बुद्धिनाथ घिमिरे र प्रमेश आचार्य, सहसचिवमा खगेश्वर गौडेल र करुणाकर पौडेलको उम्मेदवारी रहेको छ ।

त्यसै गरि प्रदेश महाधिवेशनका लागि प्रदेश महाधिवेशन प्रतिनिधिको लागि पनि गुट गत उम्मेदवारी रहने प्रष्ट देखिएको छ । महामन्त्री कोइरालाको निर्वाचन क्षेत्र रहेकाले पनि कोइराला निकट समूह बलियो देखिए पनि निर्वाचनमा प्रतिस्पर्धा हुने काङ्ग्रेस कार्यकर्ताहरु बताउछ्न ।

नयाँ नेतृत्व चयनका लागि गैँडाकाेट नगरपालिकाका १८वडा,  देवचुली नगरपालिका वडा न‌ं १६ र १७ तथा  बुलिङ्गटार गाउँपालिकाका तीनवटा वडाहरुबाट छनौट भएका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन ।

प्रकाशित : २०७८ कार्तिक २८ गते १५:२७

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI