कांग्रेस महाधिवेशन : नवलपुर क्षेत्र नं १ “ख” मा पाण्डे र घिमिेर प्यानल बनाएर मैदानमा

NAWALPUR TIMES

कांग्रेस महाधिवेशन : नवलपुर क्षेत्र नं १ “ख” मा पाण्डे र घिमिेर प्यानल बनाएर मैदानमा
AddText 11 13 04.57.18

कावासोती । कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नवलपुरमा पनि महाधिवेशनको सरर्गमी बढन थालेको छ । उम्मेदवारहरु प्यानल बनाएर मतदाता सँग मतमाग्दै घरदैलो अभियानमा जुटेका छन ।

महामन्त्री शशांक कोईरालाको निर्वाचन क्षेत्र क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र १ “ख”मा दुई फरक समुहबाट कावासोती ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे र पुर्व शिक्षक नेता प्रदीपराज घिमिरे प्यानल बनाएर मैदानमा उत्रिएका छन ।

पालिका अधिवेशन पछि जिल्लामा स्पष्ट दुईवटा धार देखिए पछि प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचन क्षेत्रहरुमा गुटगत उम्मेदवारी देखिएको छ ।

महामन्त्री शशांक कोइराला निकट समुहबाट कावासोती-६ का वडा अध्यक्ष समेत रहेका हेमप्रसाद पाण्डे र जिल्लाका अर्का नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसि निकट समुहबाट पुर्व शिक्षक नेता प्रदिप राज घिमिरे प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा प्यानलनै घोषणा गरेर मतदाता सँग मत माग्न व्यस्त भएका छन ।

पाण्डे नेतृत्वको प्यानलको उपसभापतिमा महेन्द्र पिया र रितादेवी थनेत , सचिवमा बसन्त पोख्रेल र नारायण न्यौपाने ,सहसचिवमा नन्दु रिजाल र पुर्ण सिंह खन्डलुकको उम्मेदवारी रहेको छ ।

त्यसै गरि प्रदिपराज घिमिरे नेतृत्वको प्यानलबाट उपसभापतिमा मिनकाशी गुरुङ र गौतम दराई, सचीवमा योगेन्द्र भट्टराई र लक्ष्मी गौतम सहसचिवमा पुष्पा गुरौ र लेखनाथ तिवारीको उम्मेदवारी रहेको छ ।

त्यसै गरि प्रदेश महाधिवेशनका लागि प्रदेश महाधिवेशन प्रतिनिधिको लागि पनि गुट गत उम्मेदवारी रहने प्रष्ट देखिएको छ । महामन्त्री कोइरालाको निर्वाचन क्षेत्र रहेकाले पनि कोइराला निकट समूह बलियो देखिए पनि निर्वाचनमा प्रतिस्पर्धा हुने काङ्ग्रेस कार्यकर्ताहरु बताउछ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology