परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई पहिले खोप दिन पाँच विद्यार्थी संगठनको माग

NAWALPUR TIMES

परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई पहिले खोप दिन पाँच विद्यार्थी संगठनको माग
student

काठमाडौँ ।सत्तारुढ दल निकट विद्यार्थी संगठनले तत्काल विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँका विद्यार्थी नेताहरुले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी गराए ।

“परीक्षा दिने विद्यार्थीहरुलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन,” ज्ञापनपत्रमा भनिएको छ,“देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीहरुलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न जोडदार माग गर्दछौँ ।”

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology